भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द « Khabarhub

भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअघि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो ।

कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : २६ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक