पोखरा- गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ र म्याग्दी जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा तनहुँ ब्यासका स्थानीय स्कुलका ५१ वर्षीय शिक्षक, ब्यास १२ का कृषि सामग्री कम्पनी लिमिटेडका पुरुष कर्मचारी तथा म्याग्दीको बेनीमा कार्यरत ३० र ३६ वर्षका आर्मी रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३१३ पुगेको छ ।
प्रतिक्रिया