सुशान्तको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आयो « Khabarhub

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आयो

७० करोड रुपैयाँ कहाँ खर्च भयो ?


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ । सूत्रको हवाला दिँदै दैनिक भास्करले लेखेअनुसार सुशान्तका सबै बैंक खातामा विगत ५ वर्षमा ७० करोड रुपैयाँको लेनदेन भएको छ ।

यीमध्ये केवल ५५ लाख मात्रै रिया चक्रवर्तीसँग सम्बन्धित पाइएको छ । अधिकांश रकम यात्रा, स्पा र गिफ्ट खरिदमा खर्च भएको पाइएको छ ।

आत्महत्याको केस स्पष्ट भएपछि सीबीआइले अब यसको कारणबारे अनुसन्धान गर्नेछ । आत्महत्यामा रिया चक्रवर्ती र उनका भाइको भूमिका, बलिउडमा व्यवसायिक प्रतिद्वन्द्वीता र भाइ भतिजावाद, नशालु पदार्थको दुरुपयोग र सुशान्त सिंह राजपुतको मानसिक स्वास्थ्यको कोणबाट अनुसन्धान अगाडि बढ्नेछ ।

उता ड्रग्स केसमा भायखाला जेलमा रहेकी रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिता केके सिंहले १५ हरोड रुपैयाँ बराबरको घोटाला केस पटनामा दर्ता गराएका छन् ।

यसको संज्ञान लिँदै इडीले मनी लण्ड्रिङ केस दर्ता गरेको छ । इडीले रिया चक्रवर्तीसँग ३ पटक सोधपुछ गरेको छ । इडीले अहिलेसम्म आफ्नो अन्तिम रिपोर्ट सार्वजनिक गरेको छैन । यही केसको जाँचको क्रममा सुशान्तका बैंक खाताको फरेन्सिक अडिट गरिएको थियो ।

सूत्रका अनुसार यो रिपोर्ट सिबिआइलाई पनि उपलब्ध गराइएको छ । यो रिपोर्टमा कहीँ पनि रियाले यो पैसा आफ्नो वा आफ्नो परिवारको लागि निकासी गरेको प्रमाणित नहुने बताइएको छ । धेरैजसो पैसा सुशान्तको इच्छाले वा उनको जानकारीमा खर्च गरिएको छ । यो पैसा सुशान्तको आम्दानीको तुलनामा निकै कम छ । यद्यपि खातासँग सम्बन्धित केही जानकारी अझै सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर