खेलकुद गतिविधि सञ्चालन गर्नेबारे सरकार अझै मौन ! « Khabarhub

खेलकुद गतिविधि सञ्चालन गर्नेबारे सरकार अझै मौन !


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र प्रतिष्ठानलाई परीक्षा सञ्चालनको अनुमति दिएको छ।

मान्छेहरु भेलाहुने परीक्षा सञ्चालनको अनुमति दिएको सरकार खेलकुद क्षेत्र चलायमान बनाउने विषयमा भने मौन छ ।

फागुन अन्तिम साता कोरोना भाइरसको जोखिम कम नभएसम्मका लागि भन्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्र काट्दै तत्कालका लागि खेल गतिविधि रोक्न भनेको थियो ।

त्यतिबेला भइरहेका विभिन्न खेल प्रतियोगिता स्थगित भए भने कति चल्दाचल्दै रोकिए । बीचैमा रोकिनेमा सातदोबाटोमा भइरहेको शहीद स्मारक बी डिभिजन लिग उदाहरण हो ।

आधाभन्दा बढी चरणका खेल भइसक्दा पनि सरकारले बी डिभिजन लिग रोक्न भनेको थियो । त्यसपछि सरकारले पुन: भदौमा खेलकुद गतिविधि रोक्न पत्र काट्यो त्यतिबेलासम्म सरकारले खेलकुद सञ्चालन गर्न पत्र लेखेकै थिएन ।

असार अन्तिमतिर सरकारले अन्तर्राष्ट्रिय खेलको प्रारम्भिक खेलको अभ्यास शुरु गर्न भनेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नहुँदै भदौमा काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइयो ।

यता राखेप सदस्यसचिवले अभ्यासका लागि आन्तरिक छलफलहरु भइरहेको बताउँदै आइरहेका छन् । त्यतिमात्रै होइन उनले खेल अभ्यास शुरु भइसकेको पनि बताउँन भ्याउँछन् ।

तर, अभ्यासको कुरा गर्दा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाहेक नेपाल ब्याडमिन्टन संघले शुरु गरेको अभ्यास, बालाजु डोजोमा भइरहेको करातेको अभ्यास र तेक्वान्दो कोटेश्वर डोजोमा अभ्यास भइरहेको छ ।

त्यो पनि सम्बन्धित संघ, खेलाडी र प्रशिक्षकको आ–आफ्नै पहलमा ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : १७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क