सुदूरपश्चिममा थपिए ११९ जना कोरोना संक्रमित « Khabarhub

सुदूरपश्चिममा थपिए ११९ जना कोरोना संक्रमित


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का संक्रमित थपिएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका समेत गरी प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना संक्रमित पुगेका छन् ।

मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा संक्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २० दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्ला दिनमा कोभिड—१९ का सक्रिय संक्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई खासगरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले शहरी क्षेत्रमा सर्वसाधारणको भीड बढ्नुका साथै होमआइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले संक्रमण पनि बढ्दै गएको बताए ।

कोभिड—१९को संक्रमणका कारण हालसम्म प्रदेशको कैलाली जिल्लाका नौ जना, अछाम, बझाङ र बाजुराका दुई—दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक—एक जनाको सङ्क्रमितको मृत्यु भएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षकसहित आज २२ जना प्रहरीमा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कार्यालयका ४६ जना प्रहरी संक्रमित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : २३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब