धुर्मुस-सुन्तली फाउण्डेसनलाई ३ करोड हस्तान्तरण  « Khabarhub

धुर्मुस-सुन्तली फाउण्डेसनलाई ३ करोड हस्तान्तरण 


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे ।

उनले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए । मुख्यमन्त्री पौडेलले रङ्गशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रङ्गशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ४१ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति