बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् ।

श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै  कैलालीको टीकापुर नगरपालिका वडा-१ की ५६ वर्षकी महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका-१० दाङकी २० वर्षकी महिलाको दिउँसो ३:२० बजे र तुल्सीपुर उपमहानगरपालिका- ५ दाङका ७६ वर्षका पुरुषको साँझ ६:४० बजे कोहलपुरमै उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज