३ करोड ५२ लाखभन्दा बढी मानिस संक्रमणमुक्त « Khabarhub

३ करोड ५२ लाखभन्दा बढी मानिस संक्रमणमुक्त

 नेपालमा निको हुने दर ८१ प्रतिशत


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्भर ३ करोड ५२ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५७४ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ७२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २३ हजार २६६ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १७ हजार ३९२ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार नाघेको छ । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ४८ हजार ५६६ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३१ लाख ५५ हजार १६१ मध्ये ९० हजार ८०८ जनाको अवस्था गम्भीर छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ३७१ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २९८ पुगेको छ ।

नेपालमा निको हुने दर ८१ प्रतिशत

नेपालमा पछिल्ला केही दिनयता संक्रमणमा भइरहेको बृद्धिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका भन्दा १ हजार ५८९ बढी अर्थात ४ हजार ५०० जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८८ हजार ८८३ छ भने मृतक संख्या १ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : २५ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै