हिमाली जिल्लामा चिसो बढ्यो « Khabarhub

हिमाली जिल्लामा चिसो बढ्यो


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।

चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरु खरिद गर्नेहरु पनि बढेका छन् । विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा. मङ्गल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताए । उनका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ ।

मौसम परिर्वतनको समय र कोरोना महामारीसमेत भएकाले यहाँका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको उनले बताए । न्यानो कपडा लगाउन, तातोपानी खान, भीडभाड नगर्ने तथा व्यक्तिले आफैँ जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन दिइएको डा रावलले जानकारी दिए ।

एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले बताए । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।

देउसीभैलो खेल्न नपाइने

नजिकिदै गरेको पर्व तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसीभैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत गरेको हो ।

कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिएकाले नियन्त्रण र उपचारमा कठिन हुने भन्दै बैठकले सरोकारवाला निकायलाई तदारुकताका साथ नियन्त्रणमा खटाउने व्यवस्था मिलाउन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बदलिँदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोभिड सङ्क्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आंकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को बैठकमा पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ३ : ५६ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका