देशभर ७६ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, ३६५ आईसीयूमा « Khabarhub

देशभर ७६ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, ३६५ आईसीयूमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयू रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश २ मा ८ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना, सुदुरपश्चिममा ७ जना आईसीयूमार १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ०६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति