पर्वतमा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन « Khabarhub

पर्वतमा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको पैयुँ गाउँपालिकाले पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ ।

पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ ।

अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

उनले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।

हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामुदायिक भवनमा अस्थायी कोरोना अस्पताल बनाइएको हो । यस्तै हुवासस्थित ज्येष्ठ नागरिक भवनमा १० जना व्यक्ति अट्ने क्वारेन्टिनसमेत बनाइएको पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमितलाई यसअघि कुश्माको आइसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आइसोलेसन र क्वारेन्टिन बनेपछि गाउँपालिकावासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए ।

तिवारीले गाउँमा कोरोना सङ्क्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताए । कोरोनासँग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिए ।

तिवारीले कोरोना सङ्क्रमणका बाबजुद विकास निर्माणका कामहरु पनि धमाधम शुरु गरिएको बताए ।

नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेटसमेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् ।

जिल्लाको सदरमुकामपछि पहिलोपटक पैँयु अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ४७ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि