देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा २ हजार १ सय ८६, सुदूरपश्चिम प्रदेशमा ६ सय ८५ होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १ हजार ७१० र कर्णाली प्रदेशमा २९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : १५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति