बंगलादेश पुगेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ, भोलिबाट अभ्यास « Khabarhub

बंगलादेश पुगेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ, भोलिबाट अभ्यास


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले आइतबारबाट अभ्यास शुरु गर्ने भएको छ ।

बंगलादेशमा सबै नेपाली खेलाडीकाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अभ्यासमा जुट्ने भएका हुन् ।

शुक्रबार भएको कोरोना जाँचको रिपोर्ट शनिबार बेलुकी आएको हो। जसमा सबै खेलाडी, अफिसियलदेखि नेपाली संचारकर्मीको समेत नतिजा नेगेटिभ आएको हो।

कोरोनाको नतिजा आएसँगै नेपाली टोलीले आइतबार बेलुकादेखि अभ्यास सुरु गर्नेछ । अभ्यास कुन मैदानमा हुने भन्ने भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

बंगलादेश जानु अगाडि ७ जना खेलाडीलाई कोरोना देखिएको थियो। कोरोना संक्रमण देखिएका खेलाडीहरु काठमाडौंमा आईसोलेसनमा बसेका छन्।

नेपालले बंगलादेशसँग १३ र १७ नोभेम्बरमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ। झण्डै १ वर्षपछि नेपाल अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि