एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित « Khabarhub

एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनविरुद्ध शानदार जित हात पारेको छ ।

गुडिसन पार्कमा भएको खेलमा युनाइटेडले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

खेलमा अग्रता भने एभर्टनले लिएको थियो। खेलको १९ औं मिनेटमा बर्नाडले एभर्टनलाई अग्रता दिलाएका थिए।

तर खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले खेल बराबरीमा ल्याए। त्यस्तै ३२ औं मिनेटमा फर्नान्डेजले नै मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा युनाइटेड २-१ ले अघि रह्यो।

दोस्रो हाफको अतिरिक्त समयमा एडिन्सन काभानीले युनाइटेडका लागि गोल थपे। र, युनाइटेडले ३-१ को सानदार जित निकाल्न सफल भयो।

जितसँगै ७ खेलबाट १० अंक जोडेको युनाइटेड तालिकाको चौधौं स्थानमा उक्लिएको छ भने १३ अंक जोडेको एभर्टन पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ४६ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्