बाइडेनको विजयले के के बदलाब आउला अमेरिकी विदेशनीतिमा ! | Khabarhub Khabarhub

बाइडेनको विजयले के के बदलाब आउला अमेरिकी विदेशनीतिमा !


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— अमेरिकाको विश्वव्यापी अवधरणामाथि नै प्रहार गर्दै आइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको बर्हिगमनसँगै अमेरिका पुनः विश्व मञ्चमा कम फर्किने भएको छ ।

अमेरिकी जनताको नयाँ अभिमतबाट राष्ट्रपतिमा जो बाइडेन चयन भएसँगै चार वर्षको उतारचढाबपूर्ण अमेरिकी विदेश नीतिमा ब्रेक लाग्नेछ ।

अब स्थिर, विश्वसाीय, बुद्धिमत्तापूर्ण र विश्वव्यापी नेतृत्व गर्ने सामथ्र्ययुक्त अमेरिकी विदेश नीति पुनस्र्थापित हुनेछ ।

बाइडेनको जितसँगै ट्रम्पको अनुदार नीतिबाट आजित विश्वले नयाँ आशा, सहकार्य र सामूहिक चुनौती सामना गर्ने नेतृत्व पाएको छ । अब अमेरिका पुनः विश्वव्यापीकरण, स्वतन्त्र व्यापार, विश्व सम्झौता र विश्वव्यापी संस्थाहरूमा फर्किनेछ ।

निर्वाचन परिणामले अमेरिकाको आगामी प्राथमिकता, विदेश सम्बन्ध र शक्तिको गतिशीलतामा केही बदलाब ल्याउन सक्नेछ । कोरोनाको महामारीबाट नराम्ररी गाँजिएको अमेरिकामा यो चुनावलाई पछिल्लो शताब्दीकै सबैभन्दा महत्वपूर्ण मानिएको छ । महामारीको सामना गरिरहेको विश्वले अमेरिकी नेतृत्वको आवश्यकता र इज्जतको पुनर्परीक्षण गर्ने अवसर आएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले भनेका थिए— आन्तरिक नीतिले हामीलाई पराजित गर्न सक्छ, विदेश नीतिले हामीलाई मार्न सक्छ ।

यो भनाइबाट अमेरिकामा विदेश नीति कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ । ट्रम्पको कार्यकालमा अमेरिकाको विदेश नीति निकै बिग्रेको छ । यसबाट अमेरिकी साझेदारहरू हैरान बनेका छन् । क्यानडा लगायत अमेरिकाका मित्रराष्ट्रहरू पनि भन्सार वृद्धि लागायत ट्रम्पको एकतर्फी निर्णयले आजित छन् ।

पक्कै पनि सुरुवाती दिनमा कोरोना भाइरसको महामारीले संकटको सामना गरिरहेको अमेरिकामा बाइडेन आन्तरिक मामिलामा केन्द्रित हुनेछन् । आफ्नो प्रशासनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र महामारीमा केन्द्रित हुनेछन् तर पनि उनी विदेश नीतिबाट टाढा रहन सक्ने छैनन् ।

बाइडेनको नयाँ विदेश नीति, सुरक्षा नीति, जलवायु परिवर्तन, अध्यागमन, श्रम र पारवहन लगायतका नीतिले अरू देशहरूलाई समेत प्रभाव पार्नेछ । अमेरिकामा नयाँ राष्ट्रपतिको आगमनले नेपालले खासै लाभ लिन नसके पनि अमेरिकामा अवैधरूपले बसिरहेका नेपालीहरू ट्रम्पको अनुदार आप्रवासी नीतिले मर्कामा पर्न सक्थे । अब त्यस्तो अवस्था नहुन सक्छ । ट्रम्पको जस्तो आक्रामक नीति नभएकाले त्यहाँ रहेका नेपालीहरूलाई लाभ हुन सक्छ ।

अमेरिकी नीति पारित गर्न अमेरिकी संसद खासगरी सिनेटमा बहुमतको निकै महत्व छ । राष्ट्रपतिसँगको केही विशेषाधिकार र मुख्य विदेश नीतिमा भने दुबै पार्टीको एकमत छ ।

बाइडेनको प्रशासनले युरोपेली साझेदारहरूमा पुनः विश्वास र एकता कायम गर्ने नयाँ अवसर लिन सक्नेछ । ट्रम्पले भत्काएको सम्बन्ध बाइडेनले जोड्नेछन् । युरोपसँग तत्कालै सम्बन्ध बढाएर रुसलाई पुनः अमेरिकी राष्ट्रिय सुरक्षाको ठूलो खतराको रूपमा व्यवहार गर्न सक्छन् ।

भारतसँगको अमेरिकी नीतिमा भने बदलाब आउनेछैन । अमेरिकाले भारत लगायत मित्रराष्ट्रहरूको सम्बन्ध यथावतरूपमै अगाडि बढाउने देखिन्छ ।

बाइडेनले चीनसम्बन्धी नीति तत्काल परिवर्तन गर्नसक्ने छैनन् । अमेरिका र अमेरिकी संयन्त्रहरूमाझ चीनको पछिल्लो आक्रामक विदेश नीतिले अमेरिकासँगको सम्बन्ध सुधार भइहाल्न सजिलो छैन । बाइडेन प्रशासनले मित्रराष्ट्रहरूसँगको सहकार्यमा र परामर्शपछि मात्र चीननीति बनाउन सक्नेछ जुन यसअघिकै डेमोक्रेटिक उम्मेदवार बाराक ओवामाको पदचाप हुनसक्छ ।

अमेरिकामा विश्वासिला र परम्परादेखि नै चल्दै आएको विदेश नीतिमा ठूलो परिवर्तन गर्न गाह्रो छ तर ट्रम्पले धेरै बदलाब ल्याई अविश्वासको अवस्था सिर्जना गरिदिएका छन् । बाइडेनले राष्ट्रपति चुनाबको दौडकै बेला युरोपदेखि एशिया, ल्याटिन अमेरिका र अफ्रिकासम्म आतङ्कवाद, हतियार नियन्त्रण तथा आप्रवासनसम्बन्धमा विदेश नीतिमा ठूलै परिवर्तन ल्याउने सङ्कल्प गरेका छन् ।

व्यापार युद्धसँगै अमेरिका र चीनबीचको सम्बन्ध दशकौँ यताको सबैभन्दा खराब अवस्थामा पुगेको छ । सम्बन्धको दरार कोरोना महामारीमा चीनको अपारर्शिता, हङकङमा चीनले लागु गरेको नयाँ सुरक्षा कानून, बौद्धिक सम्पत्ति चोरी, मानवअधिकार उल्लंघन, ताइवान र साउथ चाइन सी माथि चीनको दाबी लागायत कयौँ मुद्दाहरू छन्, जुन सहजै टुङ्गिने अवस्था छैन ।

मानवअधिकार हनन र आफ्ना साझेदारहरूमाथि चीनले गरेको व्यवहारको विषय बाइडेन प्रशासनले पनि जोडतोडका साथ उठाउनेछ तर तरिका भने भिन्न हुनसक्छ । चीनविरुद्ध ट्रम्पको जस्तो शैली नअपनाए पनि अमेरिकी रणनीतिमा बदलाब भने आउने छैन बरु चीनविरुद्ध अझै बलियोरूपमा स्थापित हुन मुख्य सहयोगी राष्ट्रहरूसँगै अमेरिकाको पनि समान नीति हुनसक्छ ।

हाल ट्रम्पको कदममा युरोपले सहयोग गरेको छैन । यसमा बाइडेन प्रशासनमा नाटकीय सुधार आउन सक्नेछ । ट्रम्पको ‘अमेरिका प्रथम एजेन्डा’ ले युरोपेली देशहरूसँग ट्रम्प प्रशासको सम्बन्ध नराम्ररी बिग्रेको छ । यसमा बाइडेनले शीघ्र सुधार गर्न सक्नेछन् । सारमा बाइडेनको विजयले अमेरिकाको विश्वब्यापी भूमिका बढाइदिनेछ ।

अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षा नीति एकअर्कामा परिपूरक रहेकाले बाइडेन प्रशासनको नीतिमा सल्लाह र विकल्पबारे अमेरिकी सेना र गुप्तचर संयन्त्रको धारणाले पनि निकै महत्व राख्नेछ ।

अमेरिकी सेना संसारकै अति महाशक्ति र निकै व्यावसायिक संस्था हो र राजनीतिबाट पूर्णतः अलग छ तर यसको सल्लाहले अमेरिकी विदेश रणनीतिमा ठूलो प्रभाव पार्छ । ट्रम्प आफ्नो जिद्धी स्वभाव, विश्व राजनीतिको अध्ययन र अनुभवको कमी तथा घमण्डले रणनीतिक विषयमा समेत पारिवारिक मोहबाट उठ्न सकेका थिएनन् । बाइडेनको विजयसँगै अमेरिकी सेनाले विश्व शान्तिमा योगदान बढाउन सक्छ ।

अमेरिका फेरि पेरिस सम्झौतामा र धेरै अन्तर्राष्ट्रिय सम्झौताहरूमा फर्किनेछ । ट्रम्पले कटाएको वैदेशिक सहायता पुरानै लयमा फर्किनेछ । विश्वमा आवश्यक अमेरिकी सुरक्षा प्रत्याभूति बढाउन बाइडेन हिच्किचाउने छैनन् ।

अमेरिकाको ठूलो शक्ति भनेका गुप्तचर निकायहरू हुन् । विश्वव्यापी सूचना संकलन र विश्लेषणको संयन्त्र रहेको उक्त निकायले अमेरिकी नीति निर्माणमा ठूलो प्रभाव पार्छ । राष्ट्रपतिमा जोसुकै निर्वाचित भए पनि उनीहरूको काममा कुनै परिवर्तन हुँदैन । तल्लो तहमा राजनीतिक प्रभाव नपर्ने गरी बनाइएको दशकौँ पुरानो प्रचलन यथावत छ ।

नयाँ प्रशासनको आगमन र सूचना मागले गुप्तचर निकायहरूको प्राथमिकतामा केही बदलाब भने ल्याउन सक्छ । बाइडेनको जितले अवश्य पनि ती निकायहरूको नेतृत्व परिवर्तन गराइदिन सक्छ । ती निकायहरूले व्यावसायिक रूपमा काम गर्न पाऊलान् । ट्रम्पले अमेरिकी नियकाहरूलाई नियन्त्रणमा राख्ने प्रयास गरेका छन् र आफूप्रति बफादारहरूलाई नेतृत्वमा राखेका छन् ।

बाइडेनको जितले विश्वासको वातावरण बन्न सक्नेछ । अहिले ट्रम्पसँग विश्वासको अभाव छ । सूचना चुहावट हुनसक्ने र अमेरिकाका प्रतिद्वन्द्वीलाई फाइदा हुनसक्नेतर्फ उनीहरू सचेत छन् । ट्रम्पले केही निकायमा आफूप्रति बफादार नेतृत्व राखेका छन् । बाइडेनले यसमा परिवर्तन गरी व्यावसायिक ढाँचामा लैजान सक्नेछन् ।

गुप्तचर संयन्त्रलाई अमेरिकाले सूचना संयन्त्रमा मात्र होइन देशको उन्नति जित, वाह्य गतिविधिको निगरानी लगायत बहुआयामिक क्षेत्रमा खटाउने गर्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : ४४ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको