‘विकास साझेदारले खुलेर प्रशंसा गरे’ « Khabarhub

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास साझेदारहरूले लगानीको वातावरण बनेको भन्दै खुलेर प्रशंसा गरेको जनाएको छ ।

लगानी सम्मेलन नसकिँदै अर्थमन्त्री पुनले आज बिहान पनि सचिवालयमार्फत सूचना सम्प्रेण गर्दै लगानी सम्मेलन सफल भएको दाबी गरेका थिए ।

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

अर्थमन्त्रीको सचिवालयका अनुसार तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज (सोमबार) बिहान विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सत्तारुढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाको खुलेरै प्रशंसा गरेका हुन्‌ ।

दाबी गरिएअनुसार अर्थमन्त्रीसँगको भेटमा विकास साझेदार प्रतिनिधिहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन्‌ । त्यसक्रममा उनीहरूले नेपाल सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताएका थिए ।

सम्मेलन उदघाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ पनि उनीहरूको संकेत गरेका थिए । उनीहरूले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सरकारलाई सुझाए ।

दातृ निकायका प्रतिनिधिसँगको बैठकमा अर्थमन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्वसचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ५४ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि