रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता « Khabarhub

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा फरक–फरक कम्पनीहरुबीचमा सम्झौता भएको छ ।

मुगुको रारामा रिसोर्ट बनाउने विषयमा रारा होल्डिङ्स प्रालि र अष्ट्रेलियाको एक्सपर्ट ग्रुपबीचमा सम्झौता भएको हो । त्यस्तै, कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा साखः एन्ड कम्पनी र अनफरमन ग्रुपबीच सम्झौता भएको छ ।

मुगुको छायानाथ नगरपालिका, मुर्माटपमा १ अर्ब १० करोडको लगानीमा ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गरिने जनाइएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिब शर्मा र रारा होल्डिङ्सको तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, गोरुसिंगेमा २२ बिगाहा जग्गामा २ अर्ब रुपैयाँको लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः ग्रुप र हङकङको अनफरमन ग्रुपबीच सम्झौता भएको छ । सम्झौतामा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ५२ बजे

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा