हङकङका अदालतहरुमा पनि हस्तक्षेपको प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी « Khabarhub

हङकङका अदालतहरुमा पनि हस्तक्षेपको प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङकङको स्वतन्त्र र स्वायत्तालाइ खुम्च्याउन लागू गरेको नयाँ सुरक्षा कानूनको चौतर्फी असर देखिन थालेको छ।

गत जुन १ मा नयाँ सुरक्षा कानून कार्यान्वयन भएपछि हङकङका हरेक क्षेत्रमा चिनियाँ हस्तक्षेप बढ्दै गएको छ ।

हङकङका अदालतहरु अहिलेसम्म स्वतन्त्र नै भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले त्यसमा पनि हस्तक्षेपको प्रयास गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

नयाँ सुरक्षा कानून आउनुअघि सुपर्दगी विधेयकको विरोधमा भएको आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीहरूलाई अदालतले निर्दोष ठहराएकोमा चिनियाँ कम्युनिष्ठ पार्टीले असन्तुष्टि जनाएको सार्वजनिक भएको छ ।

हङकङका जिल्ला न्यायाधीश शम सिउ-मानले प्रहरीको लाठी चार्जपछि हिंसा भड्किएको भन्दै पक्राउ परेका ८ जना प्रदर्शनकारीलाई रिहा गर्न दिएको आदेशमा चीनको एक पत्रिकाले दबाबमूलक सामग्री प्रकाशित गरेको खुलेको छ ।

चिनियाँ  कम्युनिष्ट पार्टीको स्वामित्व रहेको उक्त पत्रिकाले  पहिलो पृष्ठमा प्रदर्शनकारीहरुले आगजनी र अवरोध गरिरहेको पछिल्लो भागमा न्यायाधीशले आफ्नो पोशाक लगाएको तस्वीर प्रकाशित गर्दै ‘अदालतले जारी गरेको अनौठो राय’ शीर्षकमा समाचार  प्रकाशित गरेको थियो ।

आफ्नो स्वामित्वको सञ्चार माध्यमबाट चिनियाँ कम्युनिष्ट पार्टीले दबाब सृजना गरे पनि न्यायाधीशले भने, ‘प्रदर्शनकारीहरुमाथि वास्तवमा अन्याय भएको’ दाबी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले हङकङमा आफ्नो हस्तक्षेप बढाएपछि बेइजिङ समर्थक शक्तिहरूले स्वतन्त्र न्यायपालिकालाई पनि निशाना बनाइरहेको न्यूयर्क टाइम्सले दाबी गरेको छ ।

प्रदर्शकारीहरुप्रति उदारता देखिएको भन्दै चिनियाँ अखबारहरुले ती न्यायाधीशलाई ‘एलो जज’ को संज्ञा दिएका छन् ।

पार्टीका अधिकारीहरूले न्यायाधीशहरूको स्वायत्ततामा लगाम लगाउन अदालतहरूको पुनर्संरचनाको आह्वान गरेका छन् ।

हङकङ विश्वव्यापी वाणिज्य र पूँजी केन्द्रको हब भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले हङकङमा प्रतिबन्ध लगाउँदै गइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : १० बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो