हङकङका अदालतहरुमा पनि हस्तक्षेपको प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी « Khabarhub

हङकङका अदालतहरुमा पनि हस्तक्षेपको प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले हङकङको स्वतन्त्र र स्वायत्तालाइ खुम्च्याउन लागू गरेको नयाँ सुरक्षा कानूनको चौतर्फी असर देखिन थालेको छ।

गत जुन १ मा नयाँ सुरक्षा कानून कार्यान्वयन भएपछि हङकङका हरेक क्षेत्रमा चिनियाँ हस्तक्षेप बढ्दै गएको छ ।

हङकङका अदालतहरु अहिलेसम्म स्वतन्त्र नै भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले त्यसमा पनि हस्तक्षेपको प्रयास गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

नयाँ सुरक्षा कानून आउनुअघि सुपर्दगी विधेयकको विरोधमा भएको आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीहरूलाई अदालतले निर्दोष ठहराएकोमा चिनियाँ कम्युनिष्ठ पार्टीले असन्तुष्टि जनाएको सार्वजनिक भएको छ ।

हङकङका जिल्ला न्यायाधीश शम सिउ-मानले प्रहरीको लाठी चार्जपछि हिंसा भड्किएको भन्दै पक्राउ परेका ८ जना प्रदर्शनकारीलाई रिहा गर्न दिएको आदेशमा चीनको एक पत्रिकाले दबाबमूलक सामग्री प्रकाशित गरेको खुलेको छ ।

चिनियाँ  कम्युनिष्ट पार्टीको स्वामित्व रहेको उक्त पत्रिकाले  पहिलो पृष्ठमा प्रदर्शनकारीहरुले आगजनी र अवरोध गरिरहेको पछिल्लो भागमा न्यायाधीशले आफ्नो पोशाक लगाएको तस्वीर प्रकाशित गर्दै ‘अदालतले जारी गरेको अनौठो राय’ शीर्षकमा समाचार  प्रकाशित गरेको थियो ।

आफ्नो स्वामित्वको सञ्चार माध्यमबाट चिनियाँ कम्युनिष्ट पार्टीले दबाब सृजना गरे पनि न्यायाधीशले भने, ‘प्रदर्शनकारीहरुमाथि वास्तवमा अन्याय भएको’ दाबी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले हङकङमा आफ्नो हस्तक्षेप बढाएपछि बेइजिङ समर्थक शक्तिहरूले स्वतन्त्र न्यायपालिकालाई पनि निशाना बनाइरहेको न्यूयर्क टाइम्सले दाबी गरेको छ ।

प्रदर्शकारीहरुप्रति उदारता देखिएको भन्दै चिनियाँ अखबारहरुले ती न्यायाधीशलाई ‘एलो जज’ को संज्ञा दिएका छन् ।

पार्टीका अधिकारीहरूले न्यायाधीशहरूको स्वायत्ततामा लगाम लगाउन अदालतहरूको पुनर्संरचनाको आह्वान गरेका छन् ।

हङकङ विश्वव्यापी वाणिज्य र पूँजी केन्द्रको हब भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले हङकङमा प्रतिबन्ध लगाउँदै गइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : १० बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना