कोटेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा युवक पक्राउ « Khabarhub

कोटेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा युवक पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । इन्सपेक्टर लामाले भने, ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।’

इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ३० बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।