भक्तपुरमा कोरोना संक्रमणबाट अहिलेसम्म १११ को मृत्यु « Khabarhub

भक्तपुरमा कोरोना संक्रमणबाट अहिलेसम्म १११ को मृत्यु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । ७० पुरुष र ४१ महिला गरी १११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा २७ पुरुष र १५ महिला गरी ४२ संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नगरपालिकामा २४ पुरुष र १२ महिला गरी ३६ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा १३ महिला र १२ पुरुष गरी २५ जना तथा चाँगुनारायण नगरपालिकाका ७ पुरुष र एक महिला गरी ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म भक्तपुरमा संक्रमितको संख्या ८ हजार ४ सय ९७ जना पुगेको छ । जसमा ४ हजार ७ सय ९६ पुरुष र ३ हजार ७ सय एक महिला रहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : ०६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,