भक्तपुरमा कोरोना संक्रमणबाट अहिलेसम्म १११ को मृत्यु « Khabarhub

भक्तपुरमा कोरोना संक्रमणबाट अहिलेसम्म १११ को मृत्यु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । ७० पुरुष र ४१ महिला गरी १११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा २७ पुरुष र १५ महिला गरी ४२ संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नगरपालिकामा २४ पुरुष र १२ महिला गरी ३६ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा १३ महिला र १२ पुरुष गरी २५ जना तथा चाँगुनारायण नगरपालिकाका ७ पुरुष र एक महिला गरी ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म भक्तपुरमा संक्रमितको संख्या ८ हजार ४ सय ९७ जना पुगेको छ । जसमा ४ हजार ७ सय ९६ पुरुष र ३ हजार ७ सय एक महिला रहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : ०६ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि