चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण ! « Khabarhub

चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण !


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण भएको आशंका गरिएको छ ।

पछिल्ला केही वर्षयता चीन र क्युबामा अमेरिकी दूतावासका कैयौं स्टाफ रहस्यमय तरिकाले बिरामी भएपछि गरिएको जाँचमा माइक्रोवेभ हतियारबाट आक्रमण भएको आशंका गरिएको हो ।

घटनाहरुको जाँचपछि अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजले उनीहरुमाथि माइक्रोवेभ ऊर्जाबाट आक्रमण गरिएको आशंका सबैभन्दा अधिक भएको बताएको छ । सीएनएनको रिपोर्टअनुसार नेशनल एकेडेमी अफ साइन्सेजले आफूले जाँच गरेका केसहरुमा ‘पल्स्ड रेडियो फ्रिक्वेन्सी इनर्जी’को प्रयोग गरिएको संकेत पाइएको बताएको छ ।

रिपोर्टमा सोचविचार गरिएको रणनीति अन्तर्गत माइक्रोवेभ ऊर्जाको प्रयोग गरिएको भनिएको छैन तर आपराधिक प्रकृतिका मानिसहरु यसको पछाडि हुन सक्ने भनिएको छ ।

डाक्टर र वैज्ञानिकहरुको १९ सदस्यीय कमिटीले अमेरिका सरकारको अनुरोधमा यो जाँच गरेको हो । २०१७ मा मार्क लेन्जी नामका अमेरिकी कूटनीतिज्ञ ग्वान्झाउमा तैनाथ थिए । एक दिन उनी रहस्यमय तरिकाले बिरामी भए र उनलाई टाउको दु:ख्न थाल्यो । पद्न पनि समस्या हुन थाल्यो । स्मरणशक्ति कमजोर हुने र निद्राको समस्या पनि सुरु भयो ।

मार्क लेन्जीको एमआरआइ स्क्यानमा उनको मस्तिस्कको २० भागको घनत्व कम भएको पाइएको छ । खासगरी ती भागको घनत्व कम भएको थियो जो स्मरणशक्ति र भावनात्मक विषयसँग सम्बन्धित हुन्छन् । अर्कोतर्फ मस्तिस्कका तीन भागको भने घनत्व बढेको पाइयो । अनुसन्धानकर्ताका अनुसार मस्तिस्कका कैयौं भागको घनत्व कम हुनु ब्रेन इन्जुरीको संकेत हुन सक्छ ।

अमेरिकी अधिकारीहरुमा यस्ता आक्रमण धेरैजसो २०१६ र २०१७ मा भएका थिए । केही केसहरु भने २०१७ पछि पनि देखिएका थिए । नेशनल एकेडेमी अफ साइन्सेजले माइक्रोवेभ हतियारका विषयमा चिन्ता जाहेर गरेको छ । विश्वमा माइक्रोवेभ हतियार भएका देशहरु निकै कम छन् । यी देशहरुमध्ये रुसलाई पनि गनिन्छ । क्युबामा अमेरिकी अधिकारीहरु रहस्यमय तरिकाले बिरामी हुनुको पछाडि रुस जिम्मेवार भएको आशंका गरिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : १३ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००