नेकपाका गुटगत भेला तीव्र, विराटनगरमा ओली गुटका विद्यार्थीलाई प्रशिक्षण « Khabarhub

नेकपाका गुटगत भेला तीव्र, विराटनगरमा ओली गुटका विद्यार्थीलाई प्रशिक्षण


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेकपाभित्र गुटगत भेला र प्रशिक्षणले पनि तीव्रता पाएका छन् ।

प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेपछि उनीनिकट विद्यार्थी नेताहरूले छुट्टै भेला र प्रशिक्षण थालेपछि दाहाल-नेपाल समूहले पनि भेला तीव्र पारेको छ ।

१० मंसिरमा अनामनगरस्थित मदन भण्डारी कलेजमा केपी ओली गुटका विद्यार्थी नेताले छुट्टै भेला आयोजना गरेपछि १९ मंसिरमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका विद्यार्थीले थापाथली क्याम्पसमा अर्को भेला गरे । शनिबार पनि गोकेर्णेश्वरमा प्रचण्ड-नेपाल समूहकै विद्यार्थी नेताले भेला आयोजना गरे ।

भेलामा आफ्नो समूहको योजना अनुसार अघि बढ्न विद्यार्थीहरूलाई निर्देशन दिइएको एक विद्यार्थी नेताहरूले जनाए ।

अखिलका संयोजक ऐन महर नै लागि परेर दाहाल-नेपाल समूहका नेताहरूविरूद्ध लागेपछि प्रतिवादस्वरूप अर्को समूहका मात्रै विद्यार्थीहरू भेला हुन बाध्य भएको अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

ओलीनिकट अखिलकै अर्का विद्यार्थी नेता रश्मी आचार्य भने पार्टी एकताको भावना र मर्मविपरित शीर्ष नेतृत्वबाट प्रधानमन्त्रीविरूद्ध जनस्तरमा गलत सन्देश प्रवाह गरिन थालिएपछि त्यसको प्रतिवादमा भेला गरिएको बताउँछन् ।

यसैबीच ओली निकट विद्यार्थीहरुको प्रदेश भेला विराटनगरमा आयोजना गरिएको छ । भेलालाई सम्बोधन गर्न अनेरास्वीयूका केन्द्रीय संयोजक ऐन महरसहित ओली पक्षाका केन्द्रीय विद्यार्थी नेताहरु विराटनगर पुगेका छन् ।

प्रदेश स्तरीय भेलामा प्रदेशका १४ वटै जिल्लाबाट ओली निकट विद्यार्थी नेता सहभागी छन् । मोरङका क्याम्पस इकाई कमिटी अध्यक्ष र जिल्ला सदस्यलाई पनि भेलामा बोलाइएको छ ।

विराटनगरको निहारिका कलेजमा आयोजना गरिएको भेलामा १२५ जना भन्दा बढीको सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : ०३ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट