किसानले पाएनन् धानको समर्थन मूल्य « Khabarhub

किसानले पाएनन् धानको समर्थन मूल्य


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । किसानले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको छ ।

लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो धान रु दुई हजार क्विन्टल बिक्री गरेका थिए। यसपाली पनि सोही मूल्यमा २०० क्विन्टल धान बिक्री गरेको र बाँकी ३०० क्विन्टल धान पनि सोही मूल्यमा बेच्नुपर्ने बाध्यता भएको बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको उनले बताए ।

राप्ती गाउँपालिका–२ का पुरन चौधरीले मझौला धान प्रतिक्विन्टल रु दुई हजार १०० मा स्थानीय व्यापारीलाई बेचेको बताए । समयमा प्रशस्त पानी परेको र समयमा मल उपलब्ध भएका कारण धान उत्पादन राम्रो भए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको र उत्पादनअनुसारको मूल्य नपाउँदा श्रम त्यसै खेर गएको गुनासो गरे ।

सङ्घीय सरकारले किसानको सहुलियतका लागि रोपाइँ गर्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । यहाँ हालसम्म पनि धानको समर्थन मूल्य नतोकिएको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद नगरेका कारण सस्तोमा बिक्री गर्नु परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रले अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार नौ हजार ३०५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । अठतीस हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै गत वर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ६९ हजार ६९५ टन धान उत्पादन भएको थियो । यस वर्ष धानखेतीको क्षेत्रफलसमेत बढेको छ । ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा यस वर्ष धानको क्षेत्रफल ७८७ हेक्टर वृद्धि भएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ३ : ४५ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।