काठमाडौँ उपत्यकामा थपिए ४४२ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४४२ कोरोना संक्रमित


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन्।

मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।

यस्तो छ मन्त्रालयको तथ्यांक

नयाँ संक्रमितसँगै हालसम्म काठमाडौँ उपत्यका कोरोना संक्रमितको संख्या ९० हजार ७७२ पुगेको छ।  जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् भने ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौँमा मात्रै ८५ हजार २ सय ८४ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९०४ पुगेको छ। जसमध्ये १ सय २४ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्।

हाल ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार २२८ पुगेको छ।  जसमध्ये ४४४ जना उपचाररत छन्। ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६८८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ४ : ४१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ