काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन्।
मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।
यस्तो छ मन्त्रालयको तथ्यांक
नयाँ संक्रमितसँगै हालसम्म काठमाडौँ उपत्यका कोरोना संक्रमितको संख्या ९० हजार ७७२ पुगेको छ। जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् भने ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म काठमाडौँमा मात्रै ८५ हजार २ सय ८४ जना निको भएका छन्।
यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९०४ पुगेको छ। जसमध्ये १ सय २४ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्।
हाल ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार २२८ पुगेको छ। जसमध्ये ४४४ जना उपचाररत छन्। ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६८८ जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया