मौसमः आज सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना « Khabarhub

मौसमः आज सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो  देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

यसैगरी विहीबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

विहीबार राति देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भु-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

आज र भोलि वर्षा/हिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ |

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : ५४ बजे

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी