वर्षातले किसान खुशी, बिरामी चिन्तित | Khabarhub Khabarhub

वर्षातले किसान खुशी, बिरामी चिन्तित


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले यहाँ खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गत मंसिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो ।

वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन् । हिँडडुलमा पनि समस्या आएको छ ।

‘बर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्सेजस्तो भयो’, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भने, ‘हेर्नोस् वर्षाको पानीमा त के जादु हुन्छ को नि ! दुई दिनमै गहुँ लहलहाएको छ ।’ सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ ।

पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पुर्‍याएको छ । आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पुर्‍याएको छ । बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान सुरजसिंह कुशवाहाले भने, ‘सन्तुलित हिउँदे वर्षा भएको साल फलफूल राम्रो उत्पादन हुने गरेको छ ।’ पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन् ।

मुख्य सडक हिलाम्य भएका छन् । बर्दिवास–जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : २२ बजे

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड