ईपीएल खेल्ने १७ विदेशी खेलाडीको टुंगो लाग्यो « Khabarhub

ईपीएल खेल्ने १७ विदेशी खेलाडीको टुंगो लाग्यो

७ खेलाडीको टीम टुंगिन बाँकी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विदेशी खेलाडीका लागि नयाँ प्रावधान बनाइएसँगै विश्व क्रिकेटमा नाम चलेका क्रिकेटहरुका नाम सार्वजनिक हुन थालेका छन् ।

ईपीएलको अफिसियल साइटमा २०२० मा खेल्ने विदेशी खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

बेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल लगायतका चर्चित खेलाडी आउने भनिए पनि अहिलेसम्म दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नै ईपीएल खेल्ने पक्का भएका खेलाडीमा सबैभन्दा चर्चित खेलाडी हुन् ।

यस्तै, दक्षिण अफ्रिकाका रिचर्ड लेभिसहित अहिलेसम्म १७ जना खेलाडीको नाम सार्वजनिक भएको छ । अफ्रिकासँगै टेष्ट राष्ट वेष्ट इन्डिजका दुई जना खेलाडी डायन स्मिथ र केसरिक विलियम्स छन् ।

अफगानस्तानका मोहमद सेहजाद छन् भने श्रीलंकाका सेक्युज प्रसान्ने र उपुल थरांगा छन् । इङ्ग्ल्यान्डबाट भने तीन जना खेलाडीले खेल्ने पक्का भएको छ । लियम पुलिकेट, पाउल कोउलिन, जोन सिमसन यो सिजनको ईपीएलमा पनि देखिने छन् ।

यस्तै, स्कटल्यान्डका कायल काइटजर, आयरल्यान्डका केभिन ओब्रायन र पाउल स्ट्रलिङ, नेदरल्यान्डका पाउल भान मेकेरन र रायन टेन डोसचाटे, हंङकङका बाबर हायत र युएईका रोहन मुस्तफा छन् ।

यी मध्ये सात जना खेलाडीले कुन टिमबाट खेल्ने पक्का भइसकेको छैन । तर, १० जना खेलाडीको निश्चित भइरहेको छ ।

यसमध्ये सबैभन्दा धेरै पोखरा राइनोजले कायल काइटजर, पाउल कोलिन, रिचर्ड लेभिलाई भित्र्याएको छ । यस्तै, काठमाडौं किङ्स ११ ले रोहन मुस्तफा र केभिन ओब्रायनलाई भित्र्याउँदा विराटनगर वारियर्सले पाल भान मेकेरन र बाबर हायतलाई किनेको छ ।

यस्तै, चितवन टाइगर्सले जोन सिमसन र पाउल स्ट्रलिङलाई टोलीमा आवद्ध गरेको छ भने भैरहवा ग्लाडियटर्सले रायन टेन टोसकाटेलाई टोलीमा आवद्ध गराएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ३९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप