ईपीएल खेल्ने १७ विदेशी खेलाडीको टुंगो लाग्यो « Khabarhub

ईपीएल खेल्ने १७ विदेशी खेलाडीको टुंगो लाग्यो

७ खेलाडीको टीम टुंगिन बाँकी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विदेशी खेलाडीका लागि नयाँ प्रावधान बनाइएसँगै विश्व क्रिकेटमा नाम चलेका क्रिकेटहरुका नाम सार्वजनिक हुन थालेका छन् ।

ईपीएलको अफिसियल साइटमा २०२० मा खेल्ने विदेशी खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

बेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल लगायतका चर्चित खेलाडी आउने भनिए पनि अहिलेसम्म दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नै ईपीएल खेल्ने पक्का भएका खेलाडीमा सबैभन्दा चर्चित खेलाडी हुन् ।

यस्तै, दक्षिण अफ्रिकाका रिचर्ड लेभिसहित अहिलेसम्म १७ जना खेलाडीको नाम सार्वजनिक भएको छ । अफ्रिकासँगै टेष्ट राष्ट वेष्ट इन्डिजका दुई जना खेलाडी डायन स्मिथ र केसरिक विलियम्स छन् ।

अफगानस्तानका मोहमद सेहजाद छन् भने श्रीलंकाका सेक्युज प्रसान्ने र उपुल थरांगा छन् । इङ्ग्ल्यान्डबाट भने तीन जना खेलाडीले खेल्ने पक्का भएको छ । लियम पुलिकेट, पाउल कोउलिन, जोन सिमसन यो सिजनको ईपीएलमा पनि देखिने छन् ।

यस्तै, स्कटल्यान्डका कायल काइटजर, आयरल्यान्डका केभिन ओब्रायन र पाउल स्ट्रलिङ, नेदरल्यान्डका पाउल भान मेकेरन र रायन टेन डोसचाटे, हंङकङका बाबर हायत र युएईका रोहन मुस्तफा छन् ।

यी मध्ये सात जना खेलाडीले कुन टिमबाट खेल्ने पक्का भइसकेको छैन । तर, १० जना खेलाडीको निश्चित भइरहेको छ ।

यसमध्ये सबैभन्दा धेरै पोखरा राइनोजले कायल काइटजर, पाउल कोलिन, रिचर्ड लेभिलाई भित्र्याएको छ । यस्तै, काठमाडौं किङ्स ११ ले रोहन मुस्तफा र केभिन ओब्रायनलाई भित्र्याउँदा विराटनगर वारियर्सले पाल भान मेकेरन र बाबर हायतलाई किनेको छ ।

यस्तै, चितवन टाइगर्सले जोन सिमसन र पाउल स्ट्रलिङलाई टोलीमा आवद्ध गरेको छ भने भैरहवा ग्लाडियटर्सले रायन टेन टोसकाटेलाई टोलीमा आवद्ध गराएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ३९ बजे

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

दाङ– घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि

नयाँ दलको चुरीफुरी : हल्लिएला कांग्रेस-एमालेको जग ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज

एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले

हिउँदयाममा बासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ ।