बिग्रेडमाथि जीत हात पारेको थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लियो « Khabarhub

बिग्रेडमाथि जीत हात पारेको थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लियो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको थ्रीस्टार क्लब लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार शीर्ष तेस्रोमा उक्लिएको हो ।

थ्रीस्टारको जीतमा उत्कृष्ट प्रदर्शन गरेका डिफेन्डर अनन्त तामाङ म्यान प्लेअर अफ दि म्याच घोषित भए ।

बिग्रेडविरुद्ध थ्रीस्टारका शुसान श्रेष्ठ, अनन्त तामाङ र वासियु ओलेन्द्रीराले गोल गरे । थ्रीस्टारका लागि खेलको १५ औं मिनेटमा सुशान्तले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका थिए भने खेलको ४१ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै क्लबलाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अगाडि रहेको थ्रीस्टारका लागि ५८ औं मिनेटमा वासियु ओलेन्द्रीराले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाएका थिए ।

थ्रीस्टारका असोक खवासमाथि गलत फाउल गरेपछि ब्रिगेडका दिपक राज सिंहले रातो कार्ड पाएका थिए ।

खेलको ६६ औं मिनेटमा १० खेलाडीमा सिनित भएको बिग्रेडमाथि थी्रस्टारले बाँकी रहेको खेलमा भने गोल थप्न सकेन । तर, खेलको अन्तिम मिनेटमा बिग्रेडका रोशन राना मगरले थ्रिस्टारविरुद्ध एक गोल फर्काएका थिए । दिपकले एक गोल फर्काएसँगै थ्रिस्टारले ३–१ गोलको जीत हात पार्यो ।

जीतसँगै १० अंक जोडेको ललितपुरे क्लब थ्रिस्टार लिगको तेस्रो स्थानमा उक्लिँदा बिग्रेड व्वाइज ५ खेलमा ३ जीत २ मा हारसहित ६ अंकका साथ लिगको सातौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : १७ बजे

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको