सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ « Khabarhub

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

यादवबाट ब्याजमा पैसा लिएर ठगिएका व्यक्तिहरु न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडितहरुले मंगलबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित नेकपाका शीर्ष नेताहरुसँग भेट गरेका थिए ।

पीडितहरुले सिंहदरबारस्थित महान्यायाधीवक्ताको कार्यालय पुगेर महान्यायाधीवक्ता अग्नी खरेललाई आफूहरु गठिएको प्रकरणबारे जानकारी गराएका थिए ।

महान्यायाधीवक्ता खरेलले मिटर ब्याज र पीडितहरुको समस्याबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि परामर्श लिएका थिए ।

पछि, प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि १ लाख रुपैयाँ ऋण दिएर करोड रुपैयाँ असुल गर्ने गरेको, धितोमा राखेको जग्गालाई दृष्टि बन्धक राखी पछि आफ्नै नाममा रजिष्ट्रेसन पास गर्ने गरेको तथा सानो रकम ब्याजमा लिएका ऋणीहरुको घर–जग्गा नै कब्जा गर्ने गरेको आरोप लागेको छ ।

सर्लाही प्रहरीले पक्राउ परेका यादवमाथि अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ३९ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने