सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ « Khabarhub

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

यादवबाट ब्याजमा पैसा लिएर ठगिएका व्यक्तिहरु न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडितहरुले मंगलबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित नेकपाका शीर्ष नेताहरुसँग भेट गरेका थिए ।

पीडितहरुले सिंहदरबारस्थित महान्यायाधीवक्ताको कार्यालय पुगेर महान्यायाधीवक्ता अग्नी खरेललाई आफूहरु गठिएको प्रकरणबारे जानकारी गराएका थिए ।

महान्यायाधीवक्ता खरेलले मिटर ब्याज र पीडितहरुको समस्याबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि परामर्श लिएका थिए ।

पछि, प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि १ लाख रुपैयाँ ऋण दिएर करोड रुपैयाँ असुल गर्ने गरेको, धितोमा राखेको जग्गालाई दृष्टि बन्धक राखी पछि आफ्नै नाममा रजिष्ट्रेसन पास गर्ने गरेको तथा सानो रकम ब्याजमा लिएका ऋणीहरुको घर–जग्गा नै कब्जा गर्ने गरेको आरोप लागेको छ ।

सर्लाही प्रहरीले पक्राउ परेका यादवमाथि अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ३९ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन