पौडेल–सिटौला गुटका जिल्ला सभापतिहरूको निष्कर्ष: कांग्रेसमा गुटबन्दी अन्त्य गर्नुपर्छ ! « Khabarhub

पौडेल–सिटौला गुटका जिल्ला सभापतिहरूको निष्कर्ष: कांग्रेसमा गुटबन्दी अन्त्य गर्नुपर्छ !


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउने भएका छन् ।

सोमबारबाट पार्टी कार्यालय सानेपामा बसेको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज सकिएको छ ।

नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्ष सभापतिको कार्यशैली, पुस ११ गतेको केन्द्रीय समिति बैठकको निर्णय लगायतमा असन्तुष्ट रहेको छ । सभापति देउवालाई दवाव दिनका लागि असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेलाको आयोजना गरेको थियो ।

‘तीन दिन सम्म ४६/४७ जिल्लाका सभापतिहरुबीच घनिभूत रुपमा छलफल भयो’ नुवाकोट कांग्रेसका सभापति जगदीश नरसिंह केसीले भने,‘सभापति र वरिष्ठ नेतालाई पार्टी कार्यालयमा बोलाएर ज्ञापनपत्र बुझाउँछौं ।’

उनले भोलि विहान सभापति देउवाले चियापानका लागि बूढानिलकण्ठमा बोलाएपनि ज्ञापनपत्र भने पार्टी कार्यालयमा नै बुझाउने बताए ।

तीन दिन जिल्ला सभापतिहरुको भेलामा पार्टीमा देखिएका समस्या समाधानका लागि पहल गर्न शीर्ष नेतृत्वलाई आग्रह गर्ने, पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने लगायतका निर्णय गरेको केसीले जानकारी दिए ।

‘पुस ११ गतेको केन्द्रीय समिति निर्णयपछि पार्टीमा देखिएको विवाद पार्टी नेतृत्वले सकेसमम छिटोभन्दा छिटो समाधान गर्ने र विधान भित्र रहेका निलमिबत रहेका धाराहरुलाई फुकाउनु पहल गर्ने, विभागलाई २८ मै ल्याउनका लागि पहल गर्नुपर्छ’ उनले भने,‘ पार्टीमा गुटबन्दी र भागवण्डाको अन्त्य गर्ने वातावरण सभापतिले मिलाउनु पर्छ । पार्टीमा त्याग, तपत्यसा र बलिदानको मूल्यांकन सभापतिले गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्यले बहुमतबाट विधानको सदस्यतासम्बन्धी धारा निलम्बन, १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्नेलगायत निर्णय गरेको थियो । उक्त निर्णय सच्याउन उनीहरुले देउवालाई दवाव दिएका थिए ।

जिल्ला सभापतिहरुको भेला जारी रहँदै सभापति देउवाले भने असन्तुष्ट पक्षको माग सम्बोधन गर्न केही लचक हुने संकेत गरेका छन् ।
देउवा निकटका नेता एनपी साउदका अनुसार असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्ने गरी सभापति देउवा कार्यतालिका समायोजनमा तयार भएका हुन् ।

पार्टीमा देखिएको समस्या समाधानका लागि दोस्रो तहका नेताहरुले यसबीचमा सक्रियता बढाएका थिए ।

सोमबार र मंगलबार नेताहरु एनपी साउद, गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, गोविन्द शाह, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, भीष्म आङदाङ्बे लगायतको टोलीले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट गरि समस्या समाधानको पहल गरेको थियो ।

पार्टी देखिएको समस्या समाधान गर्न दुवै नेता सकारात्मक रहेको भेटमा सहभागी नेता एनपी साउदे खबरहबलाई जानकारी दिए ।

‘पार्टीमा देखिएको समस्या समाधानका लागि हामीले पहल गरेका थियौं’ नेता साउदले भने,‘समस्या समाधानका लागि दुबै पक्ष सकारात्मक भएको पयौं ।’

वरिष्ठ नेता पौडेलले भने जिल्ला सभापतिहरुको भेला नभइ परामर्श प्रयोजनका लागि मात्र भएको भेटमा बताएका थिए ।
‘ध्रुबीकरणले पार्टी, प्रजातन्त्रालाई लाभ हुँदैन । समस्याको समाधान वार्ता र छलफलबाट गर्नुपर्छ भन्नेमा दुबै नेता सकारात्मक पायौं’ नेता साउदले भने ।

दुबै पक्ष साझेदारीका आधारमा सहभागितामुलक गर्दै जाने कुरामा साकारात्मक भएका छन् । तर वरिष्ठ नेता पौडेलले भने देउवा पक्षको मिलेर जाने आश्वसनलाई पर्ख र हेरको रुपमा लिएको बताए ।

‘उहाँहरुले(देउवा) पक्षले मिलेर जानुपर्छ त भन्नु भएको छ ’ नेता पौडेलले खबरहबसँग भने,‘हेरौं उहाँहरुको आगामी कदम कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्नुपर्छ ।’

कार्यतालिका समायोजमा देउवा तयार

संस्थापन पक्षले देउवा असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार रहेको बतायो । देउवा निकटका एक नेताले भने,‘सभापति ज्यू कार्यतालिका समायोजनमा सकारात्मक हुनुहुन्छ, यति भएपछि असन्तुष्ट पक्षको माग पनि सम्बोधन हुन्छ ।’

तर देउवा २०७७ फागुन ७ गतेको महाधिवेशनको तालिकामा भने अडिग रहेको स्रोतको भनाइ छ ।

‘सभापतिले केन्द्रीय समिति बैठकबाट पारित २०७७ फागनु ७ को निर्णयबाट भने पछि हट्नु हुनेछैन’स्रोतले भन्यो तर विधानका निलम्बित धारलाई व्यूताउने विषयमा सहमति गर्न सकिने कुरामा उहाँ सकारात्मक हुनुहुन्छ ।’

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : ५३ बजे

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात