शुक्रबार राति चार घण्टा चन्द्रग्रहण लाग्ने « Khabarhub

शुक्रबार राति चार घण्टा चन्द्रग्रहण लाग्ने


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदा शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नाङ्गो आँखाले छुट्याउन भने नसकिने उनले बताए ।

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहेको उनले बताए।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ११ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१