ए डिभिजन लिगः च्यासल र पुलिसले खेले बराबरी « Khabarhub

ए डिभिजन लिगः च्यासल र पुलिसले खेले बराबरी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा फरवार्ड सन्तोष साहुखलन्ले सय गोल पुरा गरेको खेलमा च्यासल युवा क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेका छन् ।

बुधबार भएको खेलमा च्यासल र पुलिसले २–२ गोल बराबरी गरे । खेलको ५ औं मिनेटमा पुलिसका निर कुमार राईको गोलमा पुलिसले च्यासलमाथि अग्रता बनाएको थियो । त्यसको ठिक १३ मिनेटपछि अर्थात १८ औं मिनेटमा च्यासलका सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काएका थियो ।

साहुखलको उक्त गोल सहिद स्मारक ए डिभिजन लिगको सयौं गोल थियो । १–१ गोलको बराबरी भएको खेलमा खेलको ४० औं मिनेटमा पुलिस क्लबका सुमन लामाले गोल गर्दै क्लबलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफ २–१ गोलमा रोकिएको खेलमा दोस्रो हाफको चौथो मिनेटमै सन्तोषले च्यासलका लागि दोस्रो तथा लिगमा आफ्नो १०१ औं गोल गरेका थिए ।

बराबरी खेलेको पुलिस लिगमा ५ खेलबाट ८ अंकसहित छैठौं स्थानमा छ भने च्यासल ५ खेलबाट ५ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : १९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका