पूर्व श्रममन्त्रीको सुझाव : ‘सरोकारवालासँग समन्वय गर्नु’ | Khabarhub Khabarhub

पूर्व श्रममन्त्रीको सुझाव : ‘सरोकारवालासँग समन्वय गर्नु’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व श्रममन्त्रीहरुले सरोकारवालासँग समन्वय गरेर काम कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई सझुाव दिएका छन् ।

श्रम मन्त्रालयमा आयोजित छलफलमा उनीहरुले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै आन्तरिक रोजगारी सिर्जनामा ध्यान दिन सुझाव दिए । सो अवसरसमा पूर्व श्रममन्त्री मुकुन्द न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण आवश्यक रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालासँग राय लिएर अगाडि बढ्न सुझाव दिए ।

योजना र तयारी बिना मन्त्रीले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर त्यसअनुरुप परिणाम दिन नसक्दा जनतामा वितृष्णा फैलिएकामा ध्यानकर्षण गराउँदै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढङ्गले लागू गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री सरिता गिरीले छिमेकी मुलुकको मानव संशाधनको प्रयोग र भौतिक विकासको सुक्ष्म अध्यधन गरी त्यसअनुसार अगाडि बढ्न आग्रह गरेका थिए ।

अर्का पूर्वमन्त्री कमल चौलागाईंले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्ययन सुधारका एजेण्डालाई अगाडि बढाउन सुझाव दिए ।  वैदेशिक रोजगारीका साथै आन्तरिक रोजगारी सिर्जना, कृषि, जल र पर्यटनका माध्यमबाट थप अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

सो अवसरमा मन्त्री यादवले पूर्व श्रममन्त्रीको अनुभव र सुझावका आधारमा आगामी रणनीति तय गरिने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री उनले वैदेशिक रोजगारका क्षेत्रमा देखापरेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए ।

करिब डेढ महिनाअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आज पूर्व श्रममन्त्रीसँग छलफल गरेका हुन्।

उनले मंगलबारमात्रै आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गरेका थिए ।  मन्त्रालयले २०४६ पछि श्रम मन्त्रालयको जिम्मेवारीमा रहेका १७ पूर्वमन्त्रीलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ०० बजे

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा

पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ

काठमाडौं- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता

काठमाडौं– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा