चार सिमेन्ट उद्योगलाई कारवाही « Khabarhub

चार सिमेन्ट उद्योगलाई कारवाही


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए ।

विभागले विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको हो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : १५ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन