चार सिमेन्ट उद्योगलाई कारवाही « Khabarhub

चार सिमेन्ट उद्योगलाई कारवाही


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए ।

विभागले विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको हो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : १५ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल