हिमपातले रसुवाको जनजीवन कष्टकर « Khabarhub

हिमपातले रसुवाको जनजीवन कष्टकर


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- मंगलबार रातिदेखि परेको हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो ।

चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका ल्हाक्पाग्याल्बो तामाङले बताए । तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका