मेस्सीले बार्सिलोना नछाड्ने « Khabarhub

मेस्सीले बार्सिलोना नछाड्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस क्लब   बार्सिलोना नछाड्ने भएका छन । उनले फुटबलको करियर बार्साबाटै अन्त्य गर्ने बताएका छन् ।

मेस्सीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै ग्वार्डिओलाले मेस्सीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताएका छन ।

३२ बर्षीय मेस्सीले करियरको अधिकांश समय बार्सिलोनामै बिताएका छन । उनलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ ।

ग्वार्डिओलाले नाउ क्याम्पमा सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका थिए । उनले बार्सिलोनाबाट तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत जिताएका थिए ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ‘मेस्सी त्यही बस्नेछन् । मेरो पनि कामना त्यही छ ।’

ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा चिनिन्छन । उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जिताएका थिए ।

ग्वार्डिओलाले जर्मनमा समेत लगातार तीन लिग उपाधि जिताएका थिए । पछिल्ला दुई सिजन सिटीबाट प्रियिमर लिगको उपाधि जिताएका उनले चालू सिजनमा भने अपेक्षाकृत परिणाम दिलाउन सकेका छैनन ।

प्रिमियर लिगमा लिभरपुलले २२ अंकको अग्रता लिएको छ । जवकी लिगमा अब १३ खेल मात्र बाँकी छ ।

मेस्सीले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् । उनले १० लिग उपाधिसंगै चार च्याम्पिन्स लिगको उपाधि समेत उचालेका छन् । उनको क्लबसंगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ०५ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी