नेपालको कमजोर ब्याटिङमा डेब्यु खेलाडी कुशलको मल्हम ! « Khabarhub

नेपालको कमजोर ब्याटिङमा डेब्यु खेलाडी कुशलको मल्हम !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कमजोर ब्याटिङ शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा २६ ओभर ५ विकेट गुमाएर ९३ रन बनाएको छ ।

यसअघि नेपालले महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी पवेलियन फर्किएका छन् ।

कप्तान मल्ल २१ रनमा खड्का १९ रनमा, सुवास ३ रनमा, आरिफ २ रनमा आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भए ।

क्रिजमा रहेका कुसल मल्ल र विनोद भण्डारीले नेपालको ब्याटिङ माथि उकास्ने प्रयास गरिरहेका छन् ।

जसमा मल्लले २५ रनमा खेलिरहँदा विनोद भण्डारी ७ रनमा खेलिरहेका छन् ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेको अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र क्यामरुन स्टेभेन्सनले समान २–२ विकेट लिए भने रस्टी थेरमले एक विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : ४६ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको