बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो रहेको कांग्रेस नेता कोइरालाको आरोप « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो रहेको कांग्रेस नेता कोइरालाको आरोप


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको आरोप लगाएका छन ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १ सय ७५ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका कोइरालाले पार्टीको आडभरोसामा केही व्यक्तिलाई उन्मुक्ति दिइएको दावी समेत गरे ।

‘पूर्वाग्रह देखिने गरी गरिएको यो निर्णयले अख्तियारको विश्वसनियता र संबैधानिक स्वायत्ततामाथी नै प्रश्न उठाइदिएको छ’ कोइरालाले भने ‘यो लोकतन्त्र र देशका लागि नै दूर्भाग्यपूर्ण हो ।’

अख्तियारले पूर्वाग्रही भूमिका खेलेको भन्दै कांग्रेसले बिहिबारदेखि नै संसद अवरुद्ध गर्दै आएको छ भने सडक आन्दोलन अझ चर्काउने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : ०० बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले