नेपालको उत्कृष्ट शुरुवात, सन्दीप र करणले लिए अमेरिकाको चार विकेट « Khabarhub

नेपालको उत्कृष्ट शुरुवात, सन्दीप र करणले लिए अमेरिकाको चार विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपाली बलर हावी भएका छन् ।

किर्तिपुरस्थित टियू क्रिकेट मेदानमा जारी खेलमा ६ ओभर सकिँदा अमेरिकाले ४ विकेट गुमाएर २३ रन बनाएको छ ।

अमेरिकाविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ शुरुवात गरेको छ । जसमा सन्दीप र करणले दुई –दुई विकेट लिएका छन् ।

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले दिएका थिए । उनले अमेरिकाका ब्याटर आरोन जोन्स र मोनाङ्क पटेलको विकेट लिए भने करण केसीले जेभिएर मार्सल र स्टेभन टेलरको विकेट लिएका हुन् । करणले एकै ओभरमा २ विकेट लिएका हुन् । उनले तेस्रो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : २५ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको