अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट ! « Khabarhub

अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको छ ।

लामिछानेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्व लिग २ मा एक विकेट बराबर सगरमाथाको उचाइ बराबरको रकम रंगशालाका लागि सहयोग गर्ने जनाएका थिए । अर्थात प्रतिविकेट उनले ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।

यसैबीच अमेरिका विरुद्ध शनिवार(आज) जारी खेलमा सन्दीपले दुई विकेट लिइसकेका छन् । यसहिसावमा उनले १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । उनले थप विकेट लिए रकम थप हुने छ ।

ओमान विरुद्धको पहिलो खेलमा भने सन्दीपले कुनै विकेट लिएका थिएनन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  २ : ३७ बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको