चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ र आसपासको क्षेत्रमा शनिवार दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो करीब १:०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो ।

चट्याङमा परी उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो ।

बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ५३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय