कोरोना भाइरसले बलात्कारबाट जोगायो ! « Khabarhub

कोरोना भाइरसले बलात्कारबाट जोगायो !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले कोरोना भाइरसले धेरै मानिसहरुको मृत्यु भएको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर, कोरोना भाइरसले चीनमा बलात्कारको घटना हुनबाट जोगाएको छ ।

चीनमा बलात्कारको शिकार हुन लागेकी एकजना स्वस्थ युवतीले आफूलाई कोरोना भाइरस लागेको अभिनय गरी सम्भावित बलात्कारबाट जोगिएको डेलिमेलले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार ती युवती घरमा एक्लै बसिरहेको बेलामा एकजना आएर बलात्कार गर्न खोजेका थिए । तर, उनले चिच्याएर आफू कोरोना भाइरसको महामारीग्रस्त वुहान शहरबाट आएको र स्वविवेकले अरुलाई रोग नसार्नका लागि एक्लै बसेको भनेकी थिइन् ।

तैपनि सम्भावित बलात्कारीले टेरेनन् । उनीमाथि जाइलाग्न थाले । यहीक्रममा ती युवतीले हाच्छ्युँ गरिन् । त्यसपछि कोरोनाभाइरस सर्ने डरले ती सम्भावित बलात्कारीले युवतीसँग भएको ३ हजार ८० युआन लिएर भागेको चिनियाँ प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारको प्रयास गर्ने युवा २५ वर्षे सियाओ रहेको जनाएको छ । घरमा झगडा गरी भागेपछि उनलाई पैसाको अभाव भएको र लुट्ने उद्देश्यले ती युवतीको घरमा प्रवेश गरेको प्रहरीको भनाइ छ । तर, युवतीलाई देखेपछि भने उनले उनीमाथि बलात्कारको प्रयास गरेको थिए ।

घटनालगत्तै प्रहरीले ती युवकको खोजीकार्य थालेपनि शहरभर मानिसहरुले मास्क लगाएका कारण उनलाई भेट्टाउन सकेका थिएनन् । पछि उनका बाबुले नै उनलाई प्रहरी चौकी ल्याएर छाडेका थिए । ती युवाले आफ्नो गल्ती स्वीकार गरिसकेको र हाल उनी हिरासतमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ०५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति