कोरोना भाइरसले बलात्कारबाट जोगायो ! « Khabarhub

कोरोना भाइरसले बलात्कारबाट जोगायो !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हामीले कोरोना भाइरसले धेरै मानिसहरुको मृत्यु भएको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर, कोरोना भाइरसले चीनमा बलात्कारको घटना हुनबाट जोगाएको छ ।

चीनमा बलात्कारको शिकार हुन लागेकी एकजना स्वस्थ युवतीले आफूलाई कोरोना भाइरस लागेको अभिनय गरी सम्भावित बलात्कारबाट जोगिएको डेलिमेलले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार ती युवती घरमा एक्लै बसिरहेको बेलामा एकजना आएर बलात्कार गर्न खोजेका थिए । तर, उनले चिच्याएर आफू कोरोना भाइरसको महामारीग्रस्त वुहान शहरबाट आएको र स्वविवेकले अरुलाई रोग नसार्नका लागि एक्लै बसेको भनेकी थिइन् ।

तैपनि सम्भावित बलात्कारीले टेरेनन् । उनीमाथि जाइलाग्न थाले । यहीक्रममा ती युवतीले हाच्छ्युँ गरिन् । त्यसपछि कोरोनाभाइरस सर्ने डरले ती सम्भावित बलात्कारीले युवतीसँग भएको ३ हजार ८० युआन लिएर भागेको चिनियाँ प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारको प्रयास गर्ने युवा २५ वर्षे सियाओ रहेको जनाएको छ । घरमा झगडा गरी भागेपछि उनलाई पैसाको अभाव भएको र लुट्ने उद्देश्यले ती युवतीको घरमा प्रवेश गरेको प्रहरीको भनाइ छ । तर, युवतीलाई देखेपछि भने उनले उनीमाथि बलात्कारको प्रयास गरेको थिए ।

घटनालगत्तै प्रहरीले ती युवकको खोजीकार्य थालेपनि शहरभर मानिसहरुले मास्क लगाएका कारण उनलाई भेट्टाउन सकेका थिएनन् । पछि उनका बाबुले नै उनलाई प्रहरी चौकी ल्याएर छाडेका थिए । ती युवाले आफ्नो गल्ती स्वीकार गरिसकेको र हाल उनी हिरासतमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ०५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा