महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड « Khabarhub

महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्‌गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्।

११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताए। उनले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्‌गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

संविधानले महिलालाई धेरै हदसम्म अधिकारसम्पन्न बनाउनु ज्यादै खुसीका कुरा भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु सकारात्मक भएको बताए।

‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ,’ सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर पाउनु पर्दछ।’

उनले महिला दिवसले सम्पूर्ण नेपाली महिलामा आपसी सद्‌भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्‌क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस् भनी कामनासमेत गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ४८ बजे

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ ।

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलअन्तरले हरायो

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज  चैत ८ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २२, २०२३