नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा « Khabarhub

नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ ।

प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ ।

मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसङ्घ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताए । उनले भने, ‘नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन् ।’

सेक्टर कमाण्डर हुवर्ट ब्यूडोनले अनुशासित, व्यावसायिक र साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरवको महसूस भइरहेको उल्लेख गरेको त्यहाँ तैनाथ नेपाली शान्ति सेनाले जानकारी दिएको छ ।

उनले भने, ‘प्रतिकूल सुरक्षा स्थिति र मौसममा पनि नेपाली सेनाले निरन्तर खटिएर गरिरहेको निःस्वार्थ सेवाभाव र उत्कृष्ट पेशागत निःपूर्णता प्रदर्शनको म खुलेर प्रशंसा गर्दछु ।’

करिब ५५ डिग्री सेन्टिग्रेट गर्मीमा जमिनमुनि बिच्छ्याइएका विस्फोटक पदार्थ हटाउने जोखिमपूर्ण कार्य नेपाली सेनाले सावधानी र सफलतापूर्वक गर्दै आएको छ ।

सन् २०१३ देखि त्यहाँ नेपाली शान्ति सैनिक कार्यरत छ । मालीमा क्रियाशील विद्रोही र आतङ्ककारी समूह सक्रिय भएकै कारण त्यहाँ तैनाथ राष्ट्रसङ्घको शान्ति मिसनले निकै ठूलो धनजन व्यहोर्नु परेको छ । दक्ष जनशक्ति र प्रविधियुक्त सीप प्रयोग गरी नेपाली शान्ति सैनिकले भने सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिरहेको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि धेरै सुरक्षा फौज पठाउने मुलुकको सूचीमा नेपाल चौथो स्थान लिन सफल भएको छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् ।

द्वन्द्वग्रस्त १२ मुलुकमा पाँच हजार ६५८ नेपाली सुरक्षाकर्मी शान्तिदूतका रुपमा हाल कार्यरत छन् । त्यसमध्ये नेपाली सेना पाँच हजार ९६ छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या ५६२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

हालसम्म एक लाख २९ हजार ८९९ नेपाली शान्ति सैनिकले शान्ति मिसनमा योगदान पुर्‍याइसकेका छन् । शान्ति स्थापना क्रममा ६५ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ११ : ४५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि