प्रधानमन्त्री ओलीलाई डिस्चार्ज हुन ‘हतार’, चिकित्सक भन्छन्: संक्रमण हुने डर छ | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज हुन ‘हतार’, चिकित्सक भन्छन्: संक्रमण हुने डर छ


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खान र सामान्य डिँडडुल गर्न सक्ने अवस्थामा रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले प्रधानमन्त्री ओली डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगिसकेका छन् ।

तर, मिर्गौला प्रत्यारोपण पछि ‘हाइ डोज’को औषधि सेवन गरीरहेको अवस्थामा संक्रमणको जोखिम रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राख्ने योजना चिकित्सकको छ ।

‘उहाँको अहिलेको स्वास्थ्य अवस्थालाई हेर्दा त भोली वा पर्सीमा नै डिस्चार्ज गर्न सकिन्छ, तपाईं हामी जस्तै गरी प्रधानमन्त्री पनि हिँड्न सक्ने भइसक्नु भएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले खबरहबसँग भने, ‘तर अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण हुनसक्छ, त्यसैले थप २–३ दिन अस्पतालमै राख्ने निर्णय लिएका छौं ।’

चिकित्सकहरुले संक्रमणको जोखिम हुने भन्दै केही दिन अस्पतालमै रहन आग्रह गरे पनि प्रधानमन्त्री ओली भने छिट्टै डिस्चार्ज हुन चाहेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीज्युले त डिस्चार्ज हुन हतारो गर्दै हुनुहुन्छ, तर उहाँले चाहेर मात्र हामीले डिस्चार्ज गर्नेकुरा हुँदैन,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘संक्रमणको रिक्स लिनु हुँदैन भनेर केही समय अस्पतालमै राख्ने डिसिजन हामीले गरेका छौं ।’

प्रधानमन्त्रीलाई पहिला समीक्षाले भेट्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी नाता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संग्रौलाले समेत प्रधानमन्त्री ओलीलाई भेट्न भने पाएकी छैनन् ।

प्रधानमन्त्रीका ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले संग्रौलालाई आफूले भेटेको र भेटमा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्ने चाहना राखेको बताएका छन् ।

संगौलाले प्रधानमन्त्रीलाई भेट्ने चाहना गरेको कुरा उल्लेख गर्दै रिमालले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलालाई सोधेंः कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाहिँ कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भनेः तपाईं पहिलो भिजिटर हुनुहुने छ ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीलाई संक्रमणको जोखिम हुने भएकाले चिकित्सक बाहेक अरुले नभेटेको बताए ।

थापाका अनुसार चिकित्सकबाहेक प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति संग्रौला नै हुनेछिन् ।

‘समीक्षाजीले पनि अहिलेसम्म भेट्न पाउनुभएको छैन, प्रधानमन्त्रीज्युका प्रमुख सल्लाहकार (विष्णु रिमाल) ले समीक्षाजीलाई भेट्नुभएको थियो, उहाँले मामालाई भेट्न पाउँ भन्नुभएको रहेछ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘चिकित्सकवाहेक प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर उहाँ नै हुनुहुनेछ ।’

चिकित्सकका अनुसार संग्रौलाले चाहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई भेटाउन सकिने अवस्था छ । तर, प्रधानमन्त्री ओली र संग्रौला फरक–फरक वार्डमा रहेकाले भेटाउन नसकिएको चिकित्सकले बताए ।

‘समिक्षाजीले चाहनुभएको अवस्थामा उहाँलाई प्रधानमन्त्रीसँग भेटाउन सकिने अवस्था छ, तर प्रधानमन्त्री र समीक्षालाई राखेको ठाउँ फरक–फरक वार्ड भएकाले प्रधानमन्त्री भएको ठाउँमा ल्याउँदा बाटोमा भिड लाग्नसक्ने भएकाले हामीले भेटाएका छैनौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘वार्ड बाहिर धेरै जना भएकाले मात्र नभेटाएका हौं, समय मिलाएर उहाँहरुलाई भेटाउँछौं ।’

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको यसै सातामा डिस्चार्ज भइसक्ने बताए ।

‘उहाँ (प्रधानमन्त्रीलाई) धेरै दिन राख्ने काम हुँदैन, तर केही दिन चाहिँ इन्फेक्सन नहोस् भनेर राख्ने कुरा भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले खबरहबसँग भने, ‘तर यो सातामै डिस्चार्ज हुनुहुनेछ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ३ : ५२ बजे

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले