ट्रम्पसँग हात मिलाएको दाबी गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि ! « Khabarhub

ट्रम्पसँग हात मिलाएको दाबी गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका एक सय भन्दा धेरै मुलुकसम्म पुगिसकेको छ ।

यसबाट एक लाख ६ हजारभन्दा धेरै संक्रमित छन् भने ३६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस अमेरिकासम्म पनि पुगिसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ । अरु ३० राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । अमेरिकामा यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न राज्यले संकटकाल लागू गरिसकेका छन् ।

पछिल्लो पटक भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना संक्रमित मानिससँग हात मिलाएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्ट अखबारले जनाएअनुसार मेरील्याण्ड राज्यको अक्सन हिलमा भएको एक सभामा ट्रम्पले कोरोना भाइरसका संक्रमितसँग हात मिलाएका हुन् ।

समाचारमा जनाइएअनुसार कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सिपीएसी) को सभामा ट्रम्पसँग हात मिलाएको भनिएका व्यक्तिमा पछि कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

ती संक्रमितको न्यू जर्सी राज्यको एक अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

ट्रम्पसँग हात मिलाउनेबाहेक उक्त सभामा सहभागी अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त सभामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति माइके पेन्स समेत सहभागी थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ०८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने