श्रीलंकन ब्राण्ड कुमारिका र बेबी शेरामी अब नेपाली बजारमा « Khabarhub

श्रीलंकन ब्राण्ड कुमारिका र बेबी शेरामी अब नेपाली बजारमा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाको बहुचर्चित  ब्राण्ड कुमारिका र बेबी शेरामीको बिक्री नेपाली बजारमा खुला गरिएको छ । आज एक कार्यक्रम गर्दै कुमारिका र बेबी शेरामीको नेपाली बजारमा औपचारिक बिक्री खुला गरिएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि का निर्देशक श्री रोय जोसेफको उपस्थिति रहेको थियो ।

हेमाज म्यानुफ्याक्चरिङका उत्पादन कुमारीका र बेबी शेरामीको नेपालको लागि आधिकारिक बिक्रेताका रुपमा नमस्ते ट्रेड लिंक प्रा. लि. रहेको छ ।

कपाल र बालबालिकाको हेरचाहका लागि हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि सो ब्राण्डका उत्पादन नेपाली बजारमा ल्याएको हो ।

हेमाजले विगत लामो समयदेखि यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा काम गर्दै आएको छ ।

हेमाजले बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास), स्किन केयर ( साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्पु,कन्डिसनर,सिरम), सुगन्ध अत्तर र कोलोन दुबै महिला,पुरुषका लागि) र स्यानिटरी न्यापकिन्सको बजारीकरण तथा बिक्री वितरण गर्दै आएको नमस्ते ट्रेड लिंक प्रा. लि.का अध्यक्ष तारा बहादुर कुँवरले जानकारी दिए ।

कुमारीका ब्राण्डको कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हो । यसले कपाललाई आकर्षक र सुन्दर पार्ने जनाइएको छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर,शिरम रहेका छन् ।

यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रीम, लोसन, स्याम्पु , साबन, पाउडर लगायत छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भइसकेको छ जसले बच्चाहरुको छालाको हेरचाह गर्ने उत्पादन कम्पनीको दाबी छ ।

कुमारिका र बेबी शेरामी ब्राण्ड उत्पादनहरु भारत, मलेशिया, माल्दिब्स, पाकिस्तान, लेबनन, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : ५१ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ