उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन « Khabarhub

उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको बहानामा बजारमा कालोबजारी बढेको जनगुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार बजार अनुगमन गरेका छन् ।

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेका हुन् ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाट लगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या लगायतका विषयमा  जानकारी लिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेश ओझाले जानकारी दिए ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गरेका थिए ।

निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई मन्त्री भट्टले इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ०० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता