उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन « Khabarhub

उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको बहानामा बजारमा कालोबजारी बढेको जनगुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार बजार अनुगमन गरेका छन् ।

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेका हुन् ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाट लगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या लगायतका विषयमा  जानकारी लिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेश ओझाले जानकारी दिए ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गरेका थिए ।

निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई मन्त्री भट्टले इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै